
काठमाडौं । लकडाउनका बेला एक व्यक्तिलाई ग्याँसको सिलिण्डर बोक्न लगाएर यातना दिने प्रहरीमाथि छानबिन सुरु भएको छ ।
सामाजिक सञ्जालमा यो फोटो सार्वजनिक भएपछि कडा आलोचना खपेको प्रहरीले घटनाको बारेमा अनुसन्धान थालेको हो । प्रहरी प्रधान कार्यालयले यो घटनालाई गम्भीरताका साथ लिएको र आश्वयक छानबिन भइरहेको जानकारी दिएको छ ।
सरकारले लकडाउनका बेला अतिआवश्यक खाद्यवस्तु, ग्याँस, औषधिलगायतको खरिद तथा ओसारपसारमा रोक लगाएको छैन ।
तर, लकडाउनका बेला ग्याँस जोहो गर्न गएका एक व्यक्तिलाई बीच सडकमै बस्न लगाएर सिलिण्डर बोक्न लगाएपछि प्रहरीले मनोमानी गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।



