जनकपुरधाम । आज चैते छठको महत्वपूर्ण दिन साँझुका अघ्र्य । तर, यसपटक लकडाउनका कारण घर बाहिर निस्किन नपाएपछि सर्वसाधारण घरमै जेनतेन छठ मनाइरहेका छन् ।

पर्वकै बेला संसारभरि नै कोभिड–१९ (कोरोना भाइरस) को सन्त्रास छाएको हुँदा सरकारले यसको सङ्क्रमण बढ्न नदिन ‘लकडाउन’ जारी गरेका बेला पर्वका विधि क्वारेन्टाइनमा रहँदै घरघरै सम्पन्न गर्न लागिएको हो ।

सूर्यदेबको उपासना गरिने यो पर्व उमङ्ग र उल्लासमय वातावरणमा मनाइने परम्परा रहँदै आए पनि यसपाली कोभिड–१९ को सङ्क्रमण बढ्न नदिन क्वारेन्टाइनभित्रै घरकै धारामा स्नान र अघ्र्य दिइने ब्रतालुले बताएका छन् ।

छठमा पवित्र जलाशयमा घाट सजाउने मैथिल परम्परा यसपाली ‘लकडाउन’ले नहुने भएको हो । उदाउँदो सूर्यलाई अर्घ दिँदै चार दिनसम्म मनाउने गरेको छठ पर्वको आज महत्वपूर्ण दिन हो । यस दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिने परम्परा छ ।

चैत्र शुल्कपक्ष चतुर्थी तिथिदेखि सुरु भएको छठ पर्व सप्तमी तिथिमा मंगलबार उदाउँदो सूर्यलाई अर्घ दिई विधिवत् रूपमा समापन गरिनेछ । शारीरिक कष्ट हरण, चर्मरोगको निवारण तथा दरिद्रपन नष्ट र पुत्र प्राप्तिका लागि भगवान सूर्यको पूजा आराधनास्वरूप छठ पर्व मनाउने परम्परा मिथिलाअञ्चलमा रहेको छ ।

कार्तिक र चैत्र गरी वर्षको दुईपटक छठ पर्व मनाउनुपर्ने धर्मशास्त्रमा वर्णत गरिएको छ । कार्तिकमा मनाइने छठ पर्वमा हिन्दूधर्मावलम्बीले प्रार्थना वा आराधानको निम्ति गर्छन् भने चैत्रे छठमा कार्तिक महिना गरिएको आराधना पूरा हुने जनविश्वास रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.