काठमाडौं । सरकारले लकडाउनको समय अवधि आठ दिन लम्ब्याएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउन बढाउने निर्णय गरेको हो ।

यसअघि सरकारले चैत ११ गतेदेखि चैत १८ गते बिहान ६ बजेसम्म लकडाउन गरेको थियो । जसअनुसार अब आठ दिन थपिएकाले चैत २५ गते राति १२ बजेसम्म लकडाउन जारी रहनेछ । कोरोना भाइरसको जोखिम रहेकाले सरकारले लकडाउनको समय बढाएको हो ।

आइतबार नै बसेको कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडाउन बढीमा १४ दिनसम्म थप्नुपर्ने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको थियो ।

नेपालमा हालसम्म ५ जनामा कोरोनाको संक्रमण देखिइसकेको छ । त्यस्तै, दिउँसो बसेको समितिको बैठकले बैशाख ३ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.