काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या पाँच पुगेको छ । शनिबार पनि थप एक जनामा संक्रमण पुष्टि भएपछि कोरोना संक्रमितको संख्या बढेको छ ।

नेपालमा अहिलेसम्म भेटिएका सबै संक्रमित विदेशबाट आएका हुन् । शनिबार संक्रमण पुष्टि भएकी पाँचौ संक्रमित र सोमबार संक्रमण देखिएकी दोस्रो संक्रमित एउटै जहाजमा दोहाबाट काठमाडौं आएको खुलेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार नयाँ संक्रमित बेल्जियम हुँदै मार्च १७ (चैत ४ गते) मा दोहाबाट कतार एयरवेजको उडान नम्बर क्युआर ६५२ बाट काठमाडौं आएकी हुन् ।

दोस्रो संक्रमित युवती पनि फ्रान्सबाट दोहाबाट सोही उडानमा काठमाडौं आएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.