
एजेन्सी । कोराना भाइरसको असर दक्षिण एसियाली देशमा पनि बढ्दो क्रममा छ ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क राष्ट्रमध्ये पाकिस्तानमा सबभन्दा बढी संक्रमित रहेका छन् । पाकिस्तानमा संक्रमितको संख्या बुधबार एक हजार पुगेको छ ।
त्यहाँ ८ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, दोश्रो सबभन्दा बढी संक्रमित भारतमा छन् । भारतमा ५ सय ६२ जना संक्रमित रहेका छन् भने मृतकको संख्या १० पुगेको छ । श्रीलंकामा एक सय २ जना संक्रमित रहेका छन् ।
अफगानिस्तानमा ७९ जना संक्रमित रहेका छन् भने २ जनाको मृत्यु भएको छ । बंगलादेशमा ३९ संक्रमित र पाँच जनाको मृत्युभएको छ । माल्दिभ्समा १३ जना संक्रमित रहेका छन् । नेपालमा बुधबार मात्रै थप एक जनामा कोभिड १९ देखिएपछि संक्रमितको संख्या तीन पुगेको छ ।
जसमध्ये एक जनालाई निको भइसकेको छ भने दुई जना उपचाररत छन् । नेपालमा ६ सय ८७ जनामा गरिएको परीक्षण मध्ये तीन जनामा संक्रमण देखिएको हो ।
ती मध्ये एक जनालाई निको भएको छ भने दुई जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । त्यसैगरी भुटानमा दुई जना संक्रमित रहेका छन् ।



