काठमाडौं । देश आजबाट ‘लकडाउन’ भएको छ । मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म एक साता देशभर लकडाउन गर्ने निर्णय गरेको हो ।

लकडाउनसँगै सडक र बजार सुनसान भएका छन् । गृह मन्त्रालयका अनुसार सुरक्षा चुनौती देखिएको अवस्थामा कफ्र्यु लगाइन्छ भने सुरक्षाबाहेक अन्य कारणले मान्छेलाई आवातजावत रोक्नुपर्ने अवस्थामा ‘लकडाउन’ गरिन्छ ।

लकडाउन कफ्र्युभन्दा केही खुकुलो हुन्छ । यसअवधिमा औषधी, खाद्य सामग्री खरिदलगायत अत्यावश्यक अवस्थामा मात्र घरबाट निस्किने अनुमति हुन्छ ।

संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ अनुसार लकडाउनको आदेश जारी भएको हो । आदेशको अपहेलना गर्नेलाई एक महिनासम्म कैद र सय रुपैयाँसम्म जरिवाना तथा ऐनअनुसारका अधिकृत व्यक्तिहरूलाई बाधा पु¥याउनेलाई ६ महिनासम्म कैद र ६ सयसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने प्रावधान छ ।

संक्रामक रोगको ऐन २०२० को दफा २ को उपदफा २ मा जारी आदेशको कार्यान्वयन मिलाउन सबै प्रमुख जिल्ला अधिकारीलाई स्थानीय ऐन २०२८ को पनि आवश्यकताका आधारमा प्रयोग गर्न पाउनेछन् । सरकारी कर्मचारीहरूलाई समेत अत्यावश्यक परेका बेला बोलाउने गरी बिदा दिइएको छ । उद्योग तथा कलकारखानाका कर्मचारीलाई पनि बिदा दिने निर्णय भएको छ ।

नेपालमा कोरोना संक्रमणको दोस्रो बिरामी भेटिएपछि सरकार लकडाउनको निर्णयमा पुगेको हो । फ्रान्सबाट फर्किएकी एक युवतीमा आइतवार साँझ कोरोना संक्रमण पुष्टि भएको जानकारी सरकारले सोमवार दिएको थियो । ती युवतीको हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समितिले औषधि र खाद्यान्न किन्नबाहेक घरबाहिर निस्किन नपाउने गरी देश नै लकडाउन गर्ने निर्णय गरेको हो ।
लकडाउनमा के गर्ने के नगर्ने ?
–औषधि उपचार, खाद्य वस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कोही पनि घरबाट बाहिर निस्कन पाउँदैनन् ।


–अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधनबाहेक सबै सार्वजनिक या निजी यात्रुवाहक सवारी साधन संचालनमा पूर्ण रोक लाग्नेछ ।
–सुरक्षा निकायबाट प्रयोग हुने वायुयान तथा तोकिएका अन्य उडानबाहेक अन्य सबैै आन्तरिक व्यावसायिक उडान बन्द हुनेछन् ।


–स्वास्थ्य सुरक्षा, खाद्यवस्तु, दूध, खानेपानी, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवावाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारी मात्र उपस्थित हुने व्यवस्था गरी अन्य कर्मचारीलाई आवश्यक परेको बखत तत्काल उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले बिदा दिने ।


–औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगबाहेक निजी क्षेत्रमा सञ्चालित उद्योग कलकारखानामा काम गर्ने श्रमिक कर्मचारीलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था मिलाउने ।


–व्यवसायीले औषधि र औषधिजन्य सामग्रीको नियमित आपूर्तिको व्यवस्था गर्ने। अभाव देखाई मूल्यवृद्धि गर्ने वा कालोबजारी गर्ने, लुकाउनेलाई प्रचलित कानुनबमोजिम नियन्त्रणमा लिने, सामग्री जफत गर्ने गरी रोगको रोकथाम र उपचारको काममा उपयोग गर्ने ।
सरकार दिएको आदेश यस्तो छ :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.