
हुलाकी न्यूज, काठमाडौं : सरकारले एक सातासम्मका लागि देशभरी लक डाउन गरेको छ। यससँगै घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई निर्देशन दिइएको छ।
कोरोना नियन्त्रण उच्चस्तरीय समितिले नेपालभर कोरोना संक्रमण देखिन सक्ने भएकाले ११ गतेदेखि १८ गतेसम्म कुनै व्यक्ति घरबाट बाहिर ननिस्किने आदेश निर्देशन जारी गरेको छ।
सोमबार बसेको समितिको बैठकले आन्तरिक उडानमा समेत रोक लगाएको छ। सार्वजनिक यातायात पूर्ण रुपले बन्द गरेको छ।
अत्यावश्यकबाहेक सरकारी कर्मचारीलाई बिदासमेत दिने निर्णय गरेको छ भने निजी क्षेत्रका कर्मचारीलाई पनि बिदा दिने निर्णय गरेको छ।




