काठमाडौं । सरकारले लगाएको प्रतिबन्धविपरीत हवाईमार्गबाट नेपाल आएका ६२ जनालाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पु¥याइएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले लगाएको प्रतिबन्धविपरीत आएका चार महिलासहित ६२ जनालाई खरिपाटी क्वारेन्टाइनमा राखिएको भक्तपुर प्रहरीले जनाएको छ ।

जापान, मलेसिया, भारतबाट एयर इन्डिया र थाइ एयरवेजको विमान चढी नेपाल आएका उनीहरू अब १४ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको चैत ५ गतेको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानका नागरिकलाई चैत ७ गतेदेखि वैशाख ३ गतेसम्मका लागि आगमनमा प्रतिबन्ध लगाएको थियो ।

कोरोना भाइरस अर्थात कोभिड–१९ को सम्भाव्य प्रकोपलाई दृष्टिगत गर्दै सरकारले युरोप, पश्चिम एशिया तथा खाडी क्षेत्र लगायतका ६६ मुलुकबाट नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ । तर, यो प्रतिबन्धको उल्लंघन गर्दै एयर इण्डिया र थाइ एयरवेजले नेपाल सरकारले लगाएको प्रतिबन्ध उल्लघंन गर्दै ६२ जनालाई नेपाल ल्याएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.