हुलाकी न्यूज, साउदी अरेबिया:-
विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) साउदी को बिभिन्न क्षेत्रीय इकाईहरु रियाद,जुवेल,जिजान,रास्तनुरा र जेद्दा द्वारा बिभिन्न स्थान मा इस्लाम धर्मावलम्बी मधेसीहरुको दोश्रो महान पर्ब बकर-ईद को उपलक्ष्यमा भेटघाट तथा शुभकामना आदान-प्रदान को कार्यक्रम आयोजना गरेको छ।
बकर-ईद मा बिदाको अवसर पारेर ११ अगस्त २०१९ आइतवार का दिन बिभिन्न इकाई संगठनहरु ले भेला भई कार्यक्रम आयोजना गरिएको बारे NRMA साउदी अरेबिया का संयोजक निर्मल मंडल ले जानकारी दिए।
गैर आवासीय मधेसी संघ ले यसरी नै अन्य चाडपर्बमा पनि मधेसी समुदायलाई संगठित र एकजुट गर्ने कार्यलाई निरंतरता दिँदै आइरहेको छ।
कार्यक्रम को अन्त्यमा, साउदी को रियाद मा अघिल्लो महीना दुर्घटना मा परी ज्यान गुमाएका बरामझिया, धनुषा का बिनोद यादव प्रति श्रद्धांजलि अर्पण गरियो साथै उनको परिवारको लागि केहि राहत संकलन पनि गरियो।
“परदेश में मधेसियोंका साथी” भन्ने नारालाई सार्थक पार्न NRMA लागि परेको छ।
प्रवासमा मधेसीहरुको संगठित शक्तिशाली संगठन को रुपमा “गैर आवासीय मधेसी संघ” ले आफ्नो परिचय बनाइसकेको छ। 



