हुलाकी न्यूज, कुवैत ८ जून : विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघले रमदानको अवसरमा मधेशी मिलन कार्यक्रम सम्पन्न गरेको छ।

एनआरएमए कुवैतको फाहील सिटीमा मधेशी मिलन कार्यक्रम शुक्रबारको दिन आयोजना गरेका थिए। कार्यक्रम इस्लाम धर्मावलम्बीहरुको पवित्र रमजानका अवसरमा कुवैतमा रहेका मधेशीहरु कार्यक्रममा सहभागी भएका थिए।

उक्त कार्यक्रममा एनआरएमएका कुवैतका अध्यक्ष धनवीर ठाकुरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थिए।त्यसैक्रममा रमदानको शुभकामना दिदै सम्पूर्ण मधेशीलाई एकीकृत भएर एकआपसमा सहयोग गर्न आग्रह गरेका थिए ।मधेशको पहिचान , धार्मिक र सांस्कृतिक धरोहरलाई संरक्षण गर्ने काम पनि एनआरएमएले गर्दै आएको ठाकुरले बताएका थिए।

त्यसैगरी गैर आवासीय मधेशी संघ कुवैतका सुबियको क्षेत्रीय अध्यक्ष शयाम कुमार यादव,महबुल्ला क्षेत्रीय अध्यक्ष संतोष कुमार मण्डल, शोयवाका क्षेत्रीय सचिव् जितरन्द्र राउत,र कुवैत समितिका सदस्य फेकन यादव, शिब पूजन राय लगायत थुप्रै नयाँ नयाँ सदस्य पनि उपस्थित भएर शुभकामना मन्त्वय राखेका थिए र नव गठित जनमत पार्टीको बारेमा बिस्तृत जानकारी दिएका थिए ।

त्यसैगरी गैर आवासीय मधेशी संघ कुवैत समितिले कुवैतमा रहेको सम्पुर्ण मधेशी बुद्धिजिबिलाइ संगठनमा एकजुट हुनका लागी आवाहन गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.