
हुलाकी न्यूज, दुबई:- विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए), ले रमादानको अवसरमा इफ्तार कार्यक्रम सम्पन्न गरेको छ।
एनआरएमए-यु.ए.ई.ले ३१ मे-शुक्रवार का दिन दुबई को ‘ममजार बीच पार्क’ मा यस वर्ष पनि इस्लाम धर्मावलम्बीहरुको पवित्र महीना रमजानका अवसरमा रोजा-ब्रत राख्ने मुस्लिम मधेसीहरुका लागि इफ्तारी कार्यक्रमको आयोजना गरेको छ।
उक्त इफ्तारी कार्यक्रममा यु.ए.ई. मा रहेका करिब ८० मधेशीहरु कार्यक्रममा सहभागी भएका थिए।
कार्यक्रममा एनआरएमएका अन्तर्राष्ट्रीय सदस्य एवं यु.ए.ई. का अध्यक्ष संजय कर्ण ले रमादानको शुभकामना दिदै सम्पूर्ण मधेशीलाई एकीकृत भएर एकआपसमा सहयोग गर्न आग्रह गरे। मधेशको पहिचान, धार्मिक र सांस्कृतिक धरोहरलाई संरक्षण गर्ने काम पनि एनआरएमएको रहेको कर्ण ले बताएका थिए।
कार्यक्रममा खानपान ब्यवस्थापनका लागि सह-अध्यक्ष मदन यादव र पप्पू यादव टीम लाइ पनि बिशेष धन्यवाद दिए।
यसैगरी ‘नेपलीज मुस्लिम सोसाइटी’ का अध्यक्ष शाहनवाज हुसैनले रमादान एवं ईद को शुभकामना दिदै गैर आवासीय मधेसी संघ ले प्रवासमा रहेका सम्पूर्ण मधेसीहरुलाई जोड़न गरिरहेको प्रयासको सराहना गरे ।
यसैगरी सोसाइटिका प्रवक्ता फैजल हुसैन ले पनि कार्यक्रम आयोजना गरेकोमा एनआरएमए – यु.ए.ई. लाइ धन्यवाद दिए। उनले हाम्रो मधेश बिबिध जातिय-धार्मिक-सांस्कृतिक बिबिधता भएको र यस्ता सांस्कृतिक कार्यक्रमहरुले आगामी दिनमा मधेशी हरुलाई अझ संगठित बनाउन सहयोग पुग्ने बताए।
कार्यक्रममा एनआरएमएका अन्तर्राष्ट्रीय अध्यक्ष एवं यु.ए.ई. का बरिष्ठ सल्लाहकार बसन्त कुशवाहा ले शुभकामना दिदै मधेशलाई सशक्त र समृद्ध बनाउन सम्पूर्ण मधेसी एकजुट हुनु अत्यंत जरुरी रहेको बताए।
यसैगरी एनआरएमएका अन्तर्राष्ट्रीय महासचिव एवं यु.ए.ई. का बरिष्ठ सल्लाहकार डॉ. रबिन्द्र कुमार यादव ले पनि शुभकामना दिदै आगामी दिनमा पनि यसरी नै एनआरएमए यु.ए.ई. ले मधेशका बिभिन्न समुदायको अपनत्व हुनेगरी कार्यक्रम आयोजना गर्ने र साथ-साथै मधेशको राजनीतिक एवं सामाजिक हक़-हितको बहसलाई निरंतरता दिने बिश्वास ब्यक्त गरे।
यसैगरी मन्तब्य दिनेहरुमा ‘नेपलीज मुस्लिम सोसाइटी’ का उपाध्यक्ष नोमान सिद्दीक़ी, एनआरएमए यु.ए.ई. का सह-अध्यक्ष मदन यादव, एनआरएमए यु.ए.ई. का उपाध्यक्ष जगनारायण मंडल ले पनि शुभकामना आ-दान प्रदान गर्दै आ-आफ्नो बिचार ब्यक्त गरे।
गैर आवासीय मधेश संघ ले बिश्वभर रहेका मधेशका हरेक समुदाय को सांस्कृतिक, धार्मिक एवं पहिचानका लागि विभिन्न कार्यक्रमहरु गर्दै प्रवासी मधेसीलाई संगठित गर्ने काम गरिरहेको छ। मधेशका बिभिन्न समुदायको अपनत्व हुनेगरी कार्यक्रम आयोजना गर्दै सम्पूर्ण प्रवासी मधेसीको साझा प्रतिनिधित्व संघले गर्दै आइरहेको छ। 





