हुलाकी न्यूज,साऊदी अरेबिया: विश्वभरी छरिएर रहेका मधेशीहरु छाता संगठन गैरआवासीय मधेशी संघ (एनआरएमए),साऊदी अरेबिया को रास-तनुरा सिटी मा क्षेत्रीय संगठन बिस्तार गरिएको छ।
८ मे मा, ई. त्रिभुवन सिंह को अध्यक्षतामा बसेको बैठक बाट रास-तनुरा क्षेत्रीय कमिटी को संयोजकमा दीपेन्द्र साह, सह-संयोजकमा जनार्दन यादव सहित सदस्यहरुमा बिनोद महतो, सुजयलाल मंडल, मंगल यादव, जीबन मंडल, रित लाल यादव, दिलीप महतो, परमेश्वर कुमार कापर, बद्री पासवान, शिवजी दास, राजेश मंडल, बिष्णु यादव सहित १३ सदस्यीय कार्यसमिति चयन भएको छ।
एनआरएमएले विभिन्न देशहरूमा संस्कृति कार्यक्रम तथा चाड-पर्वको अवसरमा मेल-मिलाप कार्यक्रम गरी प्रवासमा रहेका मधेशीहरुलाई एकजुट गर्ने काम गर्दै आएको छ।




