
हुलाकी न्यूज, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले हेटाँंैडा सिमेन्ट उद्योगको अनुगमन निरीक्षण गरेका छन् ।
मन्त्री यादवले मंगलबार अनुगमन निरीक्षणको क्रममा सिमेन्ट उद्योगको अवस्थाबारे जानकारी लिएका थिए । उनले देशको भविष्यसमेत भएकाले सबै मिलेर हेटौंडा सिमेन्टलाई बचाउनुपर्ने बताएका थिए ।
सरकारी कर्मचारी उद्योगको मालिकसमेत भएकाले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उनको धारणा थियोे । उद्योगलाई परेका समस्या समाधान गर्नका लागि सरकार तयार रहेको मन्त्री यादवको भनाइ थियो ।



