हुलाकी न्युज/वीरगंज- आइतबारको हावाहुरीबाट प्रभावित बाराको पुरैनियामा हुलाकी हेल्प सेन्टरको स्वास्थ्य शिविर सम्पन्न भएको छ।
शोमबार विभिन्न संस्थाहरुको सहायोगमा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
गैर आवासीय मधेशी संघ (एनआरएमए), संस्कृति समुह तथा जनमत पार्टीका स्वयंसेवकहरुको सहयोगले स्वास्थ्य शिविर आयोजना गरिएको थियो। सेन्टरले शिविर संचालनसहित घरदैलोमा पुगेर घाइतेहरुको उपचार गर्नुका साथै औषधि वितरण गरको थियो।

शिविरबाट लगभग १०० परिवारले सेवा पाएका छन्। सेन्टरले भोलि बाराको हल्दिया र तेलकाईमा स्वास्थ्य शिविर आयोजना गर्ने जानकारी गराएको छ ।



