हुलाकी न्यूज, दुबई, नयाँ वर्ष २०१९ तथा मकर संक्रान्तिको अवसरमा गैर आवासीय मधेशी संघ (यूएई)ले दुवईको जबिल पार्कमा मधेशी मिलन समारोहको आयोजना गरेको छ ।
मधेशी मिलन समारोहसहित शुक्रबार वनभोज कार्यक्रमको आयोजना गरिएको एनआरएमए यूएइका अध्यक्ष संजय कर्णले जानकारी दिए।
कार्यक्रममा मधेशसँग सम्बन्धित संघसंस्थाहरु मुस्लीम समाज, मिथिला समाज, मिथिला बचत संस्थाका प्रतिनिधिसहितका मधेशीहरूको सहभागिता थियो।
कार्यक्रमको पहिलो सत्रमा संघका अध्यक्ष कर्ण र उपाध्यक्ष डा बबी सिंह यादवले सहभागीहरुको स्वागत गरे।
कार्यक्रममा सहभागीहरुले एनआरएमएले प्रदेशमा रहेका मधेशीहरुको सुख दुःखमा साथ दिएको बताए।
संघका बरिष्ठ सल्लाहकार डॉ रबिन्द्र कुमार यादव, गैर आवासीय मधेशी संघ (अन्तर्राष्ट्रिय समिति)का अध्यक्ष वसन्तकुमार कुसवाहाले मधेश र मधेशीको हितमा तथा मधेशीको सुरक्षित भविष्यको बारेमा सल्लाह दिँदै सहभागी मधेशीहरुको उत्साह बढाएका थिए।
कार्यक्रमको दोस्रो सत्रमा मनोरञ्जनात्मक खेल, गीत, नृत्य एवं नाटकसहितका कार्यक्रम प्रस्तुत गरिएको थियो।
तस्बिर














