हुलाकी न्यूज, साउदी : विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) साउदीको क्षेत्रीय समिति जुबेलमा गठन भएको छ।

शुक्रबार जुबेलमा जम्मा भएका मधेशीहरुको एक समारोहका बिच समिति गठन गरिएको एनआरएमए साउदीका वरिष्ठ उपाध्यक्ष उपेन्द्र अधिकारीले जानकारी दिए।

जुबेल क्षेत्रीय समितिको अध्यक्षमा मुकेश यादव, उपाध्यक्षमा मनसूर शेख, कोषाध्यक्षमा किशोर यादव, सहकोषाध्यक्षमा रामपुकार मंडल, सचिवमा बुद्धेश्वर महाराज, सहसचिवमा शंकर दास रहेका छन्।

यसैगरी सदस्यहरुमा राजदेव दास, सुनील धामी, कौशल मंडल, बरहम देव सदा, राम आशीष साहनी र राजकिशोर रहेका छन्।

विभिन्न देशमा रहेका मधेशीहरुलाई एकीकृत गरी एनआरएमएले मधेशको विकास र पहिचानका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.