हुलाकी न्युज, जनकपुरधाम । जनकपुरबाट सशस्त्र प्रहरीका एक हवल्दारलाई अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले ११ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय बर्दिबासको टोली र अख्तियार दुरुपयोग अनुसन्धानको केन्द्रीय कार्यालयको संयुक्त टोलीले जनकपुर उपमहानगरपालिका ४ कदम चोकबाट सशस्त्र प्रहरीका हवल्दार चन्देशवर गिरीलाई घुस लिँदालिँदै पक्राउ गरेको छ।
भारतीय बजारबाट अवैध रुपमा घरायसी सामान ल्यादिन्छु भन्दै हवल्दार चन्देश्वरले सेवाग्राहीबाट ११ हजार रुपैयाँ घुस रकम लिईरहेको अवस्थामा पक्राउ गरेको आयोगले जनाएको छ।



