हुलाकी न्युज, सिरहा । जिल्ला युवा संजाल सिरहाले शनिवार एक कार्यक्रम गर्दै युवा समस्याको पहिचान र निकासका लागि परिचयात्मक तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा जिल्लाको १७ वटै स्थानीय तहका वसोवास गर्ने युवाहरुको सहभागीता रहेको थियो । बैदेशिक रोजगारमा जानेहरु मध्ये आधाजति युवा भारतीय भुमिबाट लुकीछिपी असुरक्षित तरिकाले जाने गरेको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बताए । उर्जावान युवालाई आफ्नै देशमा रोजगारीको व्यवस्था भएमा देशको आर्थिक विकासमा सहयोग पुग्ने उनले दाबी गरे ।

युवाहरुले गर्ने हरेक सकारात्मक काममा जिल्ला युवा कार्यालयको साथ मिल्ने जिल्ला युवा कार्यालय सिरहाका अध्यक्ष बैधनाथ साहले बताए । सिरहाको १७ वटै स्थानीय तहमा युवाका लागि स्वरोजगार सम्बन्धी विषेश कार्यक्रमका लागि रकम विनियोजन भई आइसकेको हुँदा त्यसतिर लागेर अवसरलाई सदुपयोग गर्न युवाहरुसँग उनले आग्रह गरे ।

कार्यक्रममा औरही गाउँपालिकाकी उपाध्यक्ष सितादेवी यादव, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक जीवन कुमार श्रेष्ठ, अधिकारकर्मी सुनिल कुमार साह, महिला अधिकारकर्मी देवकुमारी महरा लगायतले युवाको अवसर र चुनौती सन्दर्भमा आ–आफ्ना विचार व्यक्त गरेका थिए ।

कार्यक्रममा केही दिन अघि मात्र जिल्लाको १७ वटै स्थानीय तहका युवाहरुको सहभागीतामा गठन भएको जिल्ला युवा संजालका पदाधिकारीलाई प्रमाण पत्र प्रदान गरेर पदस्थापना पनि गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.