हुलाकी न्युज, सुनसरी । सुनसरीको हरिनगर गाँउपालिकामा एक अज्ञात समुहले नेकपाका स्थानिय नेता खुर्सिद आलम अन्सारीको हत्या गरेका छन् । ४ जनाको समुहमा आएका उक्त हत्याराहरुको समुहले अन्धाधुन्ध गोली हानी अन्सारीको हत्या गरेको हो ।
हरिनगर वडा नम्बर २ निवासी अन्सारीको हत्या बिहिबार दिउसो भूटाहा बजारमा भएको छ् । उक्त घटना के-कसरी भएको हो, त्यसबारे थप विवरण खुल्न सकेको छैन । हरिनगर गाँउपालिकाका प्रमुख गफ्फार अन्सारीले घटनाको अनुसन्धान भइरहेको बताए ।
उक्त समुहले चलाएको गोली लागेर अन्सारीको घटनास्थलमै मृत्यु भएको हो । गोली हानेर उक्त समुह भाग्दै गर्दा स्थानिय प्रहरीले घुस्की स्थित घेराउ गर्ने प्रयास गरेका थिए । तर कसैलाई पक्राउ भने गर्न सकेनन् ।
गाँउपालिका प्रमुख अन्सारीका अनुसार सोही समुहको गोली लागेर एक जना प्रहरी जवान घाइते भएका छन् । घाइते प्रहरी जवान शिवलाल पौडेलको थप उपचारका लागि बिराटनगर लगिएको छ ।



