
हुलाकी न्यूज, न्यू दिल्ली : नेपालको संविधान दिवसको विरोधमा भारतको विभिन्न स्थानमा कालो दिवस मनाइएको छ।
भारतमा रहेका मधेशीहरुले संविधान दिवसको विरोध गर्दै कालो दिवस मनाएका छन्।
भारतको पंजाब चंडीगढमा मधेशी विद्यार्थीहरुले कालो दिवस मनाएका छन्।

यसैगरी नयाँ दिल्लीस्थित जनतरमन्तरमा प्रदर्शनको तयारी गरेका मधेशीहरुलाई दिल्ली प्रहरीले रोक लगाएको छ।
युनाईटेड मधेशीले आयोजना गरेको विरोध सभामा दिल्ली प्रहरीले रोक लगाएको हो। यसअघि प्रहरीले प्रदर्शनको स्वीकृति दिएपनि नेपाली दुतावासको दबाब पछि प्रदर्शनमा रोक लगाइएको जनाइएको छ।
दिल्ली प्रहरीले प्रदर्शनमा रोक लगाएपछि मधेशीहरुले ‘ओली–मोदी’ भाई भाईको नारा लगाएका थिए।
भिडियो



