हुलाकी न्यूज, लुम्बिनी : संविधान जारी भएको दिन असोज तीन गतेलाई ‘कालो दिवस’का रूपमा मनाउने विषयमा प्रचारप्रसार गर्दै हिँडेका दुई जना युवा पक्राउ परेका छन्।

रामचन्द्र यादव र चन्द्र भूषण बर्मालाई लुम्बिनी संस्कृति नगरपालिका २ बाट आइतबार साँझ पक्राउ गरिएको हो ।

मोटरसाइकलमा सवार उनीहरूले असोज ३ गतेलाई कालो दिवसका रूपमा मनाउँदै प्रहरी हिरासतमा मृत्यु भएका राम मनोहर यादवलाई श्रद्धाञ्जली दिन आग्रह गर्दै थिए।

उनीहरूलाई विना पक्राउ पुर्जी प्रहरीले पक्राउ गरेको स्वतन्त्र मधेश गठबन्धनले जनाएको छ। गठबन्धनका नेता जासर यादवले पक्राउ परेकाहरूको तत्काल रिहाइको माग गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.