हुलाकी न्युज, सिरहा । सिरहाको लहान नगरपालिकामा ५ लाख बराबरको चोरी भएको छ । सिरहाको लहान नगरपालिका वडा नम्बर ३ रघुनाथपुरको डगराहाटोलमा बिहिबार करीब साढे ११ बजे घरमा कोहि नभएको बेला उक्त चोरी भएको हो । लहान नगरपालिका ३ का देवनाथ यादवको घरमा करीब ५ लाख बराबरको चोरी भएको छ ।

चोरी भएको ३ भर सोनाको सिक्का, आठ आना सुनको मारबारी,आठ आना सनक मंगल सुत्र, ५ आना सुनको मनटिक्का, बारा आना सुनको बजरंगबलि मुर्ति,२१ आनाको सुनको औठी ४ थान, २ आना सुनको कान र नाकको टप , ३० भरको चाँदीको करा ४० भरको हसुलि, ७० वटा चादीको सिका ४० भरको हार १० भरको बलिया ३ सेट चादीको पायल १५ भरको २ .५ भरको सिकरी मोबाईल १ थान नगद ५ हजार भारु सहित चोरी भएको देवनाथ यादवले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.