हुलाकी न्युज, धनुषा । धनुषाको सहिद नगरपालिकामा निर्माण सम्पन्न नहुदै कलभट र बाटो भक्तिएपछी सडकमा स्थानीयले मंगलवार सामूहिक धान रोपाई गरेका छन् । शहिद नगरपालिका वडा नम्बर ६ हर्बराका स्थानियहरुले सडक हिलाम्बे भएपछी मेयर उदय बरबरीया र वडा अध्यक्ष कुनै चसो नदेखाएपछी स्थानीयहरु सडकमै धान रोपेका छन ।

बर्षाका बेला नगरपालिकाका अधिकान्स सडक अहिले हिलाम्मे बनेका छन । हर्बराका सडकमा पानी जमेर हिलाम्मे बनेपछी मेयर बरबरीया र वडा अध्यक्ष कुनै चसो नदेखाइएपछी स्थानीय वाध्य भएर सडकमै धान रोपेको हो ।

स्थानिय भन्छन मेयरले ७० प्रतिशत काम भईसकेको भन्छन तर १० प्रतिशत पनि काम नगरेको स्थानियले दाबी गरेका छन । विभिन्न वडाहरुमा माटो र ग्राइभलका कामको लागि वडा अध्यक्षहरुको सहयोगमा लाखौं रकम विनियोजन गरेर काम नगरीकन रकमको निकासा गरेको स्थानिय उमेश निरलाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.