हुलाकी न्युज, सिरहा । सिरहाको गोलबजार नगरपालिकाले वृद्धि गरेको कर फिर्ता र आर्थिक वर्ष २०७४ र ०७५ मा गरेको विकास निर्माणको खर्च सार्वजनिक गर्न माग गर्दै सयौं नेता कार्यकर्ता नगरपालिकामा धर्ना बसेर आज जुलुस प्रदर्शन गरेका छन् ।

संघीय समाजवादी फोरम, राजपा नेपाल, नेपाली कांग्रेस, नयाँ शक्ति, विवेकशील साझा, राप्रपा (प्रजातान्त्रिक) लगायतका पार्टीले हरहिसाब सार्वजनिकसहित १३ माग २४ घण्टाभित्र पुरा गर्न मेयर देवनाथ साहलाई साउन ९ ज्ञापन पत्र बुझाएका थिए । तर माग पुरा नभएपछि ती दलहरुले चरणवद्ध आन्दोलन सुरु गरको जनाएको छ ।

साउन १४ र १५ गते नगरपालिकामा सयौं नेता कार्यकर्ता धर्ना बसेर आज जुलुस प्रदर्शन गरेका छन् । जुलुसमा स्थानीय नगरबासी सडकमा उत्रिएका थिए ।

जुलुस गोलबजारको बिभिन्न भागमा परिक्रमापछि नगरपालिका कार्यालय पुगेर कोणसभामा परिणत भएको थियो । सभामा बोल्दै विवेकशील साझाका प्रतिनिधि धनपति महतोले नगरपालिकाले खर्च विवरण सार्वजनिक नगरेसम्म आन्दोलन जारी राख्ने बताए ।

उनले यहाँका जनप्रतिनिधि आफुलाई राजा ठानेको आरोप लगाए । उनले आफ्ना नजिकका ब्यक्तिलाई गोप्य तरिकाले उपभोक्ता बनाएर ब्यापक अनियमिमता गरेको समेत आरोप लगाए ।

फोरम युवा नेता सुधिर साहले विकास निर्माणको काममा मेयर र अधिकृत ब्रह्मलूट मच्चाएकोले खर्च विवरण सार्वजनिक गर्न नमानेको बताउँछन् ।

नेपालकै सबभन्दा ठूलो मारुती सिमेन्ट उद्योग गोलबजार नगरपालिकामै पर्छ । नगरपालिकाले उक्त उद्योगले उत्पादन गर्ने प्रतिबोरा १ मात्र कर उठाउने निर्णय गरेको छ । उक्त निर्णयको पनि राजनीतिक दलले विरोध गरेका छन् । कर बढाएर कम्तिमा प्रतिबोरा २ रुपैयाँ र्पुयाउन र जनतासँग लिने कर घटाउननुपर्ने उनीहरुको माग रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.