हुलाकी न्यूज काठमाडौं :
राष्ट्रिय मानव अधिकार आयोग नेपालले सप्तरीको मलेठ घटना सम्बन्धी सार्वजनिक गरेको प्रतिवेदनमाथि आयोगकै सदस्य मोहना अन्सारीले असहमति जनाएकी छिन्।

प्रतिवेदनमा थुप्रै कमजोरीहरु भेटिएकोले अनसारीले लिखित रुपमै असहमति पत्र आयोगमा दर्ता गराएकी हुन्।

उक्त घटनाका मृतक पाँचै जनाको कम्मरमाथि गोली प्रहार गरिएको, कानुनले दिएको अधिकारभन्दा बाहिर गएर प्रहरीले बल प्रयोग गरेको अन्सारीको भनाइ रहेको छ।

गोली चलाउने आदेश कस्ले दिएको भन्ने कुरा पनि प्रतिवेदनमा स्पष्ट नभएको भन्दै अन्सरीले आलोचना गरेकी छिन्। घटनाको दोषीका बारेमा प्रतिवेदनले स्पष्ट नबोलेको पनि अन्सारीले जनाएकी छिन्।

तेस्रो मधेश आन्दोलनको क्रममा सप्तरीको मलेठमा प्रहरीको गोलीबाट पाँच जना प्रदर्शनकारी मारिएका थिए।

तत्कालिन नेकपा एमालेको स्थानीय निकायको चुनाव लक्षित मेची महाकाली अभियान सफल पार्न प्रहरीले गोली चलाउँदा पाँच जना प्रदर्शनकारीको मृत्यु भएको थियो भने १३ जनाभन्दा बढी गम्भीर घाइते भएका थिए।


आयोगको कि सुरक्षाकर्मीको प्रतिवेदन? मलेठ घटनामा मधेशी मोर्चा दोषी!(भिडियोसहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.