हुलाकी न्युज, सिरहा । सिरहाका एक कुखुरा फार्ममा आग्लागी हुँदा १० लाख बराबरको क्षति भएको छ । सिरहाको मिर्चैया नगरपालिका–९ मा रहेको बिरेन्द्र महतोको कुखुरा फोर्ममा शनिवार राती कारीब ११ बजे अकस्मात विद्युत सर्ट भई आगलागी हुँदा १० लाख रुपियाँ बराबरको क्षति भएका छ्न ।
आगलागी हुँदा सो फार्ममा रहेका एक हजार कुखुरा जलेर नष्ट हुनुका साथै फार्म पूर्णरुपमा जलेर नष्ट भएको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएका छन ।



