हुलाकी न्यूज जनकपुरः संघीय प्रहरी इकाई कार्यलय जनकपुरधामको अगाडिबाट गएराती मोटरसाइकल चोरी भएको छ।

जनकपुरधामस्थित मुरली (विद्यापति)चौक नजिकै रहेको संघीय प्रहरी कार्यालयको अगाडि राखिएको ज ८ प ४१३६ नम्बरको मोटरसाइकल चोरी भएको हो।

रामजानकी कन्सलटेन्सी प्रालिको कालो रंगको सुपर स्पेलेन्टर मोटर साइकल राती १० बजे चोरी भएको छ।

प्रहरीलाई तत्कालै खबर गर्दा पनि कुनै सुनवाई नभएपछि विहीबार जिल्ला प्रहरी कार्यालय धनुषामा मोटरसाइकल चोरीको निवेदन दर्ता गराइएको कन्सलटेन्सीका सरोज साहले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.