हुलाकी न्युज धनुषा । धनुषामा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुने दुवैजना दाजुभाइ रहेको बताइएको छ ।

जनकपुर उपमहानगरपालिका–१७ कनकपट्टी बस्ने बौका साहको छोरा २६ वर्षीय सुरेन्द्र साह र २४ वर्षीय वीरेन्द्र साहको करेन्ट लागेर मृत्यु भएको छ ।

सोमबार साँझ आफ्नै पसलमा बिजुलीका सामग्री मर्मत गरिरहेको बेला दुबै जनालाई करेन्ट लागेर दुवैजनाको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन ।

मृतकका शवलाई अहिले परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.