हुलाकी न्युज, कञ्चनपुर | शुक्लाफाँटा नगरपालिका– ६ का ज्येष्ठ नागरिक लबरु राना वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ताको रकम पाउँदा निकै खुशी हुनुभयो । घरभन्दा टाढाको बैंकमा लामबद्ध भई भत्ताको रकम बुझन जाँदा निकै सास्ती खेप्नुपर्ने विगत सम्झँदै उहाँले भन्नुभयो, “घरदैलोमै आएर बैंकका कर्मचारीले भत्ताको रकम उपलब्ध गराउँदा निकै सहज भएको छ ।”

“लाइनमा बस्नुपरेको छैन यहाँ आइपुग्नेबित्तिकै रकम हात परेको छ, जनप्रतिनिधि आएको अनुभूति भएको छ”– रानाले भन्नुभयो ।

उहाँजस्तै भत्ताको रकम बुझ्न पुग्नुभएका हरिकृष्ण ऐरले अरुको सहारामा बैंकसम्म पुग्न निकै परिश्रम गर्नुपर्ने बाध्यता वडामै रकम उपलब्ध गराउने व्यवस्थाले हटाइदिएको बताउनुभयो ।

“वडामै रकम पाइने भएपछि अरुलाई बैंकसम्म पु¥याइदिन गुहार्नु नपर्ने भएको छ”– उहाँले भन्नुभयो । बंैकका कर्मचारीलाई सुरक्षासहित वडामा खटाइ नगरपालिकाले पहिलो पटक बिहीबारदेखि भत्ताको रकम वितरणको कार्य शुरु गरेको हो । नगरपालिकाका प्रमुख दीलबहादुर ऐरले वडा नं ६ का ज्येष्ठ नागरिकलाई भत्ता वितरण शुभारम्भ गर्नुभएको थियो ।
पहिलो चरणमा वडा नं ६, ७, ८, ९, १० र ११ का सेवाग्राहीलाई सामाजिक सुरक्षा भत्ताको रकम बैंकले वडाबाटै उपलब्ध गराएको र वडा नं १२ मा वडा कार्यालयमार्फत नै भत्ताको रकम वितरण गरिएको नगरपालिकाका कार्यकारी अधिकृत शेरबहादुर बुढाले बताउनुभयो ।

अन्य बाँकी वडा नं १, २, ३, ४, ५ मा बैंकसँग सम्झौता गरी अर्को चौमासिकमा वडामार्फत नै भत्ताको रकम वितरण हुने उहाँले बताउनुभयो ।

नगरपालिकाले चौमासिक किस्ताबापत ज्येष्ठ दलित ४९४ जनालाई रु १९ लाख ७६ हजार, ज्येष्ठ नागरिक अन्य एक हजार ४२३ जनालाई रु ५६ लाख ९२ हजार, एकल महिला एक हजार ५५४ जनालाई रु ६२ लाख १६ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।

यसैगरी, पूर्ण अपांगता भएका १०१ जनालाई रु आठ लाख आठ हजार, अति अशक्त अपांगता भएका ९९ जनालाई रु दुई लाख ३७ हजार ६००, दलित बालबालिका सुरक्षा भत्ता ६०६ जनालाई रु नौ लाख ५५ हजार ६०६ र ज्येष्ठ नागरिक उपचार भत्ताबापत एक हजार ९७३ जनालाई रु ७८ लाख ९२ हजार रकम वितरण गरिएकोे थियो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.