हुलाकी न्युज, जनकपुरधाम | गणेशमान चारनाथ नगरपालिका स्थित विरेन्द्र बजारमा जारी टी–२० क्रिकेटको सेमी फाइनलमा जलेश्वरलाई पराजित गर्दै जनकपुरले फाइनलमा स्थान सुरक्षित बनाएको छ । बुधबार सम्पन पहिलो सेमी फाइनलमा टस जिते ब्याटीङ्ग गरेको जनकपुरले १८ ओभरमा अल आउट हुदै ९ रन जोडेको थियो । जनकपुरका लािग नितेश यादवले ३६ रन जोडे । ८९ रनको जित लक्ष्य सहित ब्याटीङ्ग थालेको जलेश्वरल १ ओभर ३ बलमा अल आउट हुदै ८० रनमा सिमित भयो । जनकपुरसंग पराजय भएका जलेश्वर खेलबाट बाहिरिएको छ भने जनकपुर फाइनल खेल्न स्थान सुरक्षित बनाएको छ । बिहिबार हुने दोश्रो सेमिफाइनलमा आयोजक आदर्श युवा क्लब विरेन्द्र बजार र रामगोपालपुर महोतरी बिच खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिताको बिजेतालाई २१ हजार र उप विजेतालाई ११ हजार नगद पुरस्कार तोकिएको छ । प्रतियोगितामा महोत्तरी, धनुषा र सिरहाको ८ टिमको सहभागिता रहेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.