हुलाकी न्युज, जनकपुर । बुद्ध एयरले जनकपुरमा विधिवत रुपमा ७२ सिटको एटिआर विमान सञ्चालनमा ल्याएको छ ।
बुधवार पहिलो उडान जनकपुरमा अवतरण गर्ने क्रममा विमानमा सवार सवै यात्रुलाई फुलमा लगाएर बुद्ध एयरले आफनो ७२ सिटको विमान जनकपुर विमानस्थलमा अवतरण गरेको छ ।
जनकपुर विमान स्थलका प्रमुख मुरारी प्रसाद पौडेलले धावन मार्ग, अवतरणको लागि प्राविधिक प्रत्रिया पुरा गरि ठुलो विमान सञ्चालनमा ल्याइएको र निर्माणका क्रममा रहेको नयाँ टर्मिनल भवन सञ्चालनमा आएपछि यात्रुहरुलाई हुने समस्या र अभावको पनि अनत्य हुने बताए ।
४७ सिटे विमानको यात्रुलाई विमानस्थालमा बस्ने, खानेपानी तथा सुरक्षाको व्यवस्थापन गर्न समस्या भएको वेला ठुलो विमानको यात्रुको चापलाई व्यवस्थापन गर्नु चुनौती थपिएको छ ।
यता बुधवारनै एक विशेष कार्यक्रमको आयोजना गरि ७२ सिटे विमानको शुभारम्भ गरिएको छ । बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुतm राजनारायण पाठक, नागरिक उडयन तथा प्राधिकरण विभागका महानिर्देशक सञ्जिव गौतम, जनकपुर उपमहानगरपालिकाका मेयर लाल किशोर साह, धनुषाका प्रमुख जिल्ला दिलिप कुमार चापागाँइ, जनकपुरका पुर्व मेयर बजरंग प्रसाद साह र तिनै निकायका प्रहरी प्रमुखहरुको उपस्थितीमा भएको समारोहका बिच विमानको शुभारम्भ भएको घोषणा गरिएको छ ।
१९९७ वाट नेपालको हवाई उडान सुरु गरेको बुद्ध एयर विगत १५ वर्ष देखि जनकपुरमा सेवा प्रदान गर्दै आएको छ ।