हुलाकी न्यूज, काठमाडौं । भगवान पछिको अर्को भगवान डाक्टरलाई नै मानिन्छ । तर आजभोली प्राय जसो अस्पतालहरुमा डाक्टरहरुको लापरवाहीले गर्दा बिरामीहरुको ज्यान समेत जान थालेको छ । केहि दिन मात्र भएको थियो ओम अस्पतालमा डाक्टरको लापारवाहीले गर्दा एक महिलाको ज्यान गएको थियो ।
यता भने महिनौ नबित्दा पुन उस्तै घटना फेरि दोहोरिएको छ । आजै मात्र ललितपुरको इमाडोलमा रहेको किस्ट हस्पिटलमा चिकित्सकको लापारवाहीले गर्दा २३ वर्षीय ललिता चौधरी थारुको सामान्य पथ्थरीको शल्यक्रियामा ज्यान गएको छ । मृतक ललिताका श्रीमान ओम प्रकाश चौधरी र दाजु निरकांत चौधरी थारुले चिकित्सकमाथि लापरवाही गरेको आरोप लगाएका छन् ।
उनका दाजु निरकांतले बताए, ‘मेरो बहिनी ललितालाई किडनीमा पथ्थरी भएको पुष्टि राजविराज मै भइसके पश्चात इमाडोल स्थित किस्ट हस्पिटलमा शल्यक्रिया गराउन भर्ना गरे ।’ ‘सबै जांच प्रक्रिया पछि शल्यक्रिया भयो । तर शल्यक्रिया पछि झन् स्वास्थ बिग्रिन थाल्यो । चिकित्सकले जानकारी गरायो कि पहिला देखि नै किड्नीमा पिप जमेको थियो । जुन पथ्थरीको शल्यक्रिया गर्ने बेलामा पुरै शरीरलाई असर गर्यो । अहिले एउटा किड्नीले पनि काम गर्न छोडेको छ । एउटा किड्नी हटाई दिए भन्ने सबै ठिक हुन्छ ।’
उनका दाजु अनुसार, ‘हामी मेडिकलको भाषा धेरै बुझ्दैनौ, हामी ललिता जसरी भए पनि ठिक होस् चाहन्थ्यौ त्यसैले चिकित्सकले दिएको सल्लाह अनुसार एउटा किड्नी हटाउनलाई राजी भयौ । किड्नीको पनि शल्यक्रिया भयो तर स्वास्थमा कुनै सुधार आएन । किड्नी शल्यक्रिया पछि शुरु–शुरुमा समय मै डायलोसिस भयो । तर पछिलो हप्ता देखि जब हस्पिटललाई तिर्नु पर्ने पैसाको कमि भयो उनीहरु डायलोसिस गर्न पनि बन्द गरे । हस्पिटललाई पैसा तिर्ने नचाहेको होइन, पैसाको हामी उपाय नै गरि रहेका थियौ । त्यसैक्रममा ललिताको मृत्यु भयो ।’
पिडितका आफन्त र साथीभाईहरु किस्ट अस्पताल पुगेर अस्पताल घेराउ गरेका थिए । अन्य मिडियाहरु पनि त्यहाँ पुगे । ललिताको श्रीमान ओम मिडियालाई घटना बारे जानकारी दिए । हस्पिटल प्रशासनले ठुलो संख्यामा प्रहरी पनि बोलाएका थिए । पिडितका पक्ष र हस्पिटल प्रशासन बिच वार्ता पनि भयो तर पीडितले राखेको कुनै पनि मांग हस्पिटलले स्वीकार गरेन । हस्पिटलको भनाइ अनुसार यसमा चिकित्सकको कुनै गल्ति नरहेको बताए । पीडितले हस्पिटललाई करिव तीन लाख तिर्न बाकी रहेको छ । अस्पताल प्रशासनले रकम चुक्ता नगरेसम्म ललिताको मृत शरीर परिवारलाई नदिने बतायो ।
पिडित परिवारले हस्पिटललाई लगाएको आरोप
१. जब शरीर भित्र पिप जम्मा भएको थियो त्यस कुराको जाँच बिना नै शल्यक्रिया किन गर्नु पर्यो ?
२. शुरुमा चिकित्सकले किड्नी खराव भईसकेको जानकारी गर्यो तर शल्यक्रिया पछि किड्नी ठिक नै रहेको बतायो । किड्नी ठिक नै थियो भन्ने किन शल्यक्रिया गरि किड्नी हटाइयो ?
यहि कारण यहाँ हस्पिटलको लापरवाही स्पष्ट देखिन्छ त्यसैले हामीलाई उचित क्षतिपुर्ति र दोषीलाई कारवाही हुनु पर्ने माँग राखेको पिडित परिवारले बताए ।