
हुलाकी न्यूज, न्यूर्योक । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका (NRNA NCC USA) को कोषाध्यक्षका उम्मेदबार शतेन्द्र साह अरु भन्दा सशक्त देखिएका छन् ।
सन् २०१७ देखि २०१९ सम्मको कार्यकालका लागि हुन लागेको निर्वाचनमा वर्तमान बोर्ड सदस्य साह अरुभन्दा सशक्त देखिएका छन् । सप्तरी जिल्लामा जन्मेका साह सन् २००७ देखि अमेरिकाको न्यूयोर्कमा बस्दै आएका छन् ।
पब्लिक अकाउन्टिङमा बीबीए गरेका साह पेसाले एक कम्पनीको प्रोजेक्ट अकाउन्टेन्ट हुन् । तर उनी समाजिक कार्यहरुमा निकै सक्रिय रहँदै आएका छन् । अन्य समाजिक संस्थाहरुमा पनि विभिन्न पदमा रहेर काम गरेका साह मधेशी एशोशिएशन इन अमेरिका (मा)का सल्लाहकार हुन् ।
एनआरएनएको कोषध्यक्ष पदमा आएको खण्डमा एनआरएनएको आर्थिक प्रणालीमा सुधार ल्याउन साहको दाबी रहेको छ । उनले आपतकालीन कोष, नेपाल सपोर्ट कोष, नेपाल प्रोजेक्ट र अमेरिका भित्र आयोजना गरिने प्रोजेक्टहरुको फरक फरक आय श्रोत र खर्च ब्यबस्था गरिनु पर्नेमा विश्वास राख्छन् ।
आफु कोषाध्यक्ष पदका लागि सक्षम उम्मेदबार रहेकोले विजयी हुनेमा विश्वास व्यक्त गरेका छन् ।



