यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र ९लाइसेन्स० को प्रयोगात्मक परीक्षाको शुल्क नलिने भएको छ। सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले प्रयोगात्मक परीक्षार्थीका लागि गाडी उपलब्ध गराएबापत परीक्षार्थीबाट दस्तुररशुल्क असुल गर्ने काम नगराउन मन्त्रालयका नाममा अन्तरिम आदेश जारी गरेपछि यस्तो व्यवस्था गरिएको हो। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

यसअघि ‘श्रीभेइकल सोलुसन एन्ड रिसर्च सेन्टर’ ले विभागसँग सम्झौता गरी प्रयोगात्मक परीक्षामा गाडी उपलब्ध गराएबापत परीक्षार्थीबाट शुल्क लिँदै आएको थियो। यसरी शुल्क लिनु अवैधानिक भन्दै दीपक पराजुलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागलाई विपक्षी बनाई रिट दायर गरेका थिए। ‘सम्मानित अदालतको आदेशअनुसार हामी परीक्षार्थीलाई निस्शुल्क गाडी उपलब्ध गराउँछौं,’ यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईले भने, ‘यो अन्तरिम आदेश हो, जब पूर्ण फैसला हुन्छ, त्यसपछि विकल्प खोज्नुपर्छ।’

सेन्टरले ३ वर्षअघि प्रयोगात्मक परीक्षाका लागि यातायात व्यवस्था विभागलाई गाडी उपलब्ध गराउने सम्झौता गरेको थियो। विभाग र सेन्टरबीच २०६९र१२र२२ मा भएको सम्झौताको म्याद २०७३र१२र२२ मा सकिएको थियो। २०७३र१२र२५ मा पुनस् ६ महिनाका लागि साविकै दरमा सेवा दिने सम्झौता भएको थियो। यसअघि पनि सर्वोच्चकै न्यायाधीश भरतबहादुर कार्कीको एकल इजलासले उक्त सम्झौता तत्काल कार्यान्वयन नगर्न भन्दै मन्त्रालयका नाममा आदेश जारी गरेको थियो।

त्यसपछि न्यायाधीश कल्याण श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्कीको संयुक्त इजलासले सवारी चालक अनुमतिपत्र वितरणका लागि सञ्चालन गरिने प्रयोगात्मक परीक्षा व्यवस्थित गर्न निर्देशिकाअनुसार नै देखिएकाले सर्वसाधारणको ‘सुविधा र हितको सन्तुलनको दृष्टि’ ले अन्तरिम आदेश दिन नमिल्ने भन्दै न्यायाधीश कार्कीको आदेश खारेज गरिदिएको थियो।

त्यसयता सेन्टरले यातायात व्यवस्था विभागलाई प्रयोगात्मक परीक्षाका लागि १० वटा अल्ट्रो कार, १० वटा मोटरसाइकल र १० वटा स्कुटी उपलब्ध गराउने सम्झौता गरेको थियो। विभागले मीनभवन, बग्गीखाना, भक्तपुर, सुकेधारा र सानोभर्‍याङमा प्रयोगात्मक परीक्षाका लागि गाडी उपलब्ध गराउँदै आएको छ। विभागका अनुसार दैनिक २ हजार परीक्षार्थीले सवारी अनुमतिपत्रका लागि प्रयोगात्मक परीक्षा दिन्छन्। सेन्टर सञ्चालकसँग निस्शुल्क गाडी उपलब्ध गराउने मौखिक सहमतिसमेत भइसकेको महानिर्देशक भट्टराईले बताए।

‘अर्को विकल्प नभएसम्म श्रीभेइकल सोलुसन एन्ड रिसर्च सेन्टरले निस्शुल्क गाडी दिन्छ,’ उनले भने, ‘त्यसबारे छलफल भइसकेको छ।’ सेन्टरलाई हरेक परीक्षार्थीले मोटरसाइकलको ४७ रुपैयाँ, स्कुटरको ४६ रुपैयाँ, कारको ९३ रुपैयाँ, जिपको १२३ रुपैयाँ, भ्यानको १२२ रुपैयाँ, टेम्पोको १६३ रुपैयाँ, मिनीबसको २०९ र बसको २११ रुपैयाँ हरेक परीक्षार्थीले दस्तुर बुझाउनुपर्ने सेन्टर र विभागबीचको सम्झौतामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.