काठमाडौँ, व्यवस्थापिका– संसद्को शून्य समयमा बोल्ने अधिकांश सांसदले तराईमा भएको डुबान र कोशी बाँधका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको बुधबारदेखि हुने भारत भ्रमणका क्रममा गम्भीर छलफल गर्न ध्यानाकर्षण गराएका छन् ।
तराई–मधेशमा हालै भएको डुबानबाट सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिक बढी मर्कामा परेकाले उनीहरुलाई पौष्टिकयुक्त खाना र स्वस्थ पानीको व्यवस्था तत्काल मिलाउन पनि उनले माग गरे ।
‘नेपाल–भारतको सीमामा ६४ ठाउँमा भारतले सिमाना मिचेको हुँदा’ प्रधानमन्त्री देउवाको भारत भ्रमणका विषयमा कुरा उठाउन, तराईको डुबानग्रस्त क्षेत्रमा सरुवा रोगबाट महामारी फैलन सक्ने भएको हँुदा सयममै चिकित्सक टोली खटाउन र स्वास्थ्यसम्बन्धी संयन्त्र खडा गर्न सांसदले सुझाव दिए ।
आजको शून्य समयमा केशवप्रसाद बडाल, केदार सञ्जेल, केशरी घर्ती मगर, अनिता देवकोटा, अफिलाल उखेडा, अम्बरबहादुर थापा, अमनलाल मोदी, अम्बिका खवास राजवंशी, अमृतकुमार बोहरा, काशीनाथ अधिकारी, अष्टलक्ष्मी शाक्य, आशा यादव, कमलाकुमारी घिमिरे र कल्पना शर्मा जोशीले भाग लिएका थिए।
बैठकमा सभामुख ओनसरी घर्तीले मन्त्रिपरिषद् विस्तारसम्बन्धी पत्र पढेर सुनाइन् । बैठकमा उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालदमान श्रेष्ठले शिक्षा ९नवाँै संशोधन० विधेयक, २०७४ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव सनसमक्ष पेश गरे ।
बैठकमा पशुपक्षी विकासमन्त्री सन्तकुमार थारुले “नेपाल पशु चिकित्सा परिषद् ९पहिलो संशोधन विधेयक, २०७२ फिर्ता लिन अनुमति माग्ने प्रस्ताव स्वीकृत भएको छ ।
वाण्ज्यिमन्त्री मीनबहादुर विश्वकर्माले “वस्तुको प्रत्यक्ष बिक्री ९व्यवस्थापन तथा नियमन गर्ने० विधेयक, २०७४ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची भए पनि मन्त्री विश्वकर्मा अनुपस्थित भएकोले सो कार्य रोकियो ।
सोही विषयमा आपत्ति जनाउँदै सासंद विकास लम्सालले संसद्मा विधेयक प्रस्तुत हुँदा सरकारका प्रतिनिधि नहुने घटनाले आश्चर्यचकित तुल्याएको भन्दै यस्तो अवस्थामा सदन कसरी चल्छ भनी प्रश्न गरेका थिए। त्यसपछि सभामुखले सो कार्यसूची बैठकबाट हटाउँदै अर्को बैठक यही भदौ १२ गते अपराह्न १ बजे बस्ने जानकारी दिइन् । रासस



