बाढी प्रभावित क्षेत्रका लागी संकलीत राहत नेपाल तरुणदल दक्षीणकाली नगरपालीका काठमाण्डौ र नेपाल तरुणदल काठमाण्डौै क्षेत्र नं। २ कागेस्वरी मनहरा नगरपालीकाले संकलीत राहत सामग्री तथा नगद दलका काठमाण्डौ जिल्ला अध्यक्ष कृष्ण जी खड्कालाई जिल्ला कार्यालय काठमाण्डौमा हस्तान्तरण गरेका छन् । दक्षीणकाली नगरपालीका अध्यक्ष बद्री कार्किको नेतृत्वमा आएको टोलीले संकलीत चिउरा , चाउचाउ , पानी , विस्कुट , दालमोठ , चामल , भुजीया , कपडा , चप्पल , चियापत्ती , औषधि साथै क्षेत्र नं २ का अध्यक्ष पुरुषोत्तम चौँलागाँई र कागेस्वरी मनहरा अध्यक्ष प्रेम कुमार थापाले संकलीत २६ हजार ३ सय ३० रुपया हस्तान्तरण गरेकोे दलका जिल्ला कोषाध्यक्ष अमृत मानन्धरले बताए । दलका महानगर अध्यक्ष रोसन क्षेष्ठ र ४ नं क्षेत्रका अध्यक्ष अनुप प्रधान समेतको उपस्थितीमा हस्तान्तरण भएको राहत भोलीनै प्रभावित क्षेत्रमा पठाईने सचिव दिनेस विक्रम साहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.