हुलाकी न्युज,जनकपुरधाम-जनकपुर स्थित मिथिला टेक्निकल एकडेमीमा एउटा परीक्षार्थी विद्यार्थीलाई गार्डले कुटपिट गरेको छ ।सिटीईभीटीका इन्जिनियरिङ्गमा अध्ययनरत परीक्षारत विद्यार्थी रजनिशन विश्वकर्मा ठाकुरलाई गार्ड अवधेश महतोले कुटपिट गरेको थियो ।गार्डले पटक—पटक मोवाइलमा कुराकानी गरिरहँदा विद्यार्थीले सर, मलाई डिष्टर्ब भई रहेको भनेपछि ती विद्यार्थीलाई कुटपिट गरेको विद्यार्थीले आरोप लगाएका छन् ।परीक्षारत विद्यार्थी ठाकुरले भने ‘पटकघपटक गार्डले मोवाइलमा कुरा गरिरहेका थिए । मैले भने, सर मलाई लेख्नमा डिष्टर्ब भई रहेको छ, अन्तै गएर कुरा गर्नुस् न ।’ त्यसपछि गार्डले हामीलाई त्यसो भन्ने हो भन्दै कुटपिट गरेको ठाकुरको कथन छ ।
ठाकुरलाई कुटेपछि विद्यार्थीहरु आक्रोशित भएका थिए । उनीहरुले मिथिला टेक्निकल एकेडमी विरुद्ध नाराबाजी समेत गरेका थिए ।

यता सोही घटनालाई रिपोटिङ्ग गर्न गएका पत्रकार कैलास दास र संजय साहलाई पनि एकेडमीका चेयरमैनले केही व्यक्तिहरुलाई भिडाएर दुरव्यवहार गरेको छ । पत्रकार दास र साहले विद्यार्थीहरु हामीलाई कुटपिट गरेको आरोप लगाई रहेको छ, सत्य घटना के भनिदिनुस न भनेपछि एकेडमीका प्रबन्धक गणेश साहले भने, ‘तपाईलाई जे लेख्नु छ लेख्नुस, हामीलाई केही हुनेवाला छैन’ जवाफ फर्काएका थिए ।
हामी पत्रकार हो, विद्यार्थीको आरोप बारेमा तपाई के भन्नु हुन्छ, भनि दिनुस न पत्रकारद्वायले सोधेपछि, उनले भने, विद्यार्थीहरु बढी चोरी गर्ने गर्छन आज अन्तिम दिन कडाई गर्न खोज्दा विद्यार्थीहरु झुठो आरोप लगाई रहेको जवाफ फर्काएका थिए । पत्रकार द्वयले ‘परीक्षा सेन्टरमा विद्यार्थीहरु कुट्न पाईन्छ त रु’ प्रश्न गर्दा एकेडमीका प्रबन्धक साहले आफ्नो मान्छे लगाएर थर्काएका थिए । त्यही बसेका दुईवटा प्रहरी हुँदाहुँदै पनि प्रबन्धक साहले सिडियो र एपसीलाई बोलाउँछु, तपाईहरु के गर्नुहुन्छ धाक देखाएका थिए । हामीले रिपोर्टिङ्ग गर्न आएको हो, हल्ला गर्न होइन, भनेपछि पत्रकार संजय साहको मोवाइल समेत खोसेका थिए ।
पत्रकार कैलास दासले सीईटीभीटीबाट खटिएका टोली शिवहरि ढकालसँग टेलिफोन सम्पर्क गर्दा उनले भने ‘परीक्षामा बसेका विद्यार्थीहरुलाई कुटन पाईदैन, एकेडमीले गलती गरेकै छ, यसमा कुनै दुईमत छैन, हामी त्यहाँबाट फर्किसकेको छु, उनीमाथि कानूनी गर्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.