काठमाडौँ, आजदेखि शुरु भएको साफ पन्ध्र वर्षमुनि ९यु–१५० च्याम्पियनसिपको उद्घाटन खेलमा बंगलादेशले श्रीलंकालाई पराजित गर्दै विजयी सुरुआत गरेको छ ।

सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरको कृत्रिम खेल मैदानमा भएको खेलमा बंगलादेशले श्रीलंकालाई ४–० गोलअन्तरले पराजित गरेको हो । बंगलादेशका लागि मोहम्मद फोयसल अहमद फहिमले ह्याट्रिक पूरा गरे । उनले खेलको २८ औंँ मिनेटमा करिब १० यार्डबाट प्रहार गरेको बलले चाली चुम्यो । त्यस्तै खेलको ३२ औं थप एक गोल गर्दै उनले अग्रता दोब्बर बनाए । ।

पहिलो हाफको अत्तिरिक्त समयमा बंगलादेशका येसिन अराफातले एक गोल थप्दै अग्रता तेब्बर बनाए । खेलको पहिलो हाफमा ३–० गोलको अग्रता बनाएको बंगलादेशले दोस्रो हाफमा एक गोल थप्यो । फहिमले खेलको ७६ मिनेटमा थप एक गोल गर्दै ह्याट्रिक पूरा गरे ।

शनिबार अपराह्न ३ बजे समूह ‘बी’अन्तर्गत भारत र माल्दिभ्स प्रतिस्पर्धा गर्नेछन् । उक्त प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले गर्नुभएको थियो रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.