हुलाकी न्युज, काठमाडौँ– बानेश्वरको एभरेष्ट होटल अगाडिको सडकमा साझा पार्टीले धर्ना तथा विरोध प्रदर्शन आयोजना गरेको थियो । धर्ना पश्चात्त सहभागीहरुले नारा लगाउँदै संसद भवन जाने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । उनीहरु मेडिकल माफियामाथि कारवाही हुनुपर्ने माग गर्दै अनसनमा बसेका डा। गोसिवन्द केसीको जीवनरक्षाका लागि त्यहाँ भेला भएका हुन् ।
विगत २३ दिनदेखि आमरण अनसनमा बसेका डा। केसीको समर्थनमा मंगलबार विवेकशील साझा पार्टीले राजधानीमा जुलुस निकालेको हो । विवेशकील साझा पार्टीका केन्द्रीय सदस्य शशीविक्रम कार्कीको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रममा सुरुमा करिब २५र३० जनाको उपस्थिति थियो । पछि केही मानिसहरु थपिएका थिए ।
विवेकशील साझा पार्टीले डा। गोविन्द केसीको अनसनलाई सक्रिय समर्थन गर्दै आएको छ ।











