यस वर्षभित्र नेपालमा हुने भनिएको बिमस्टेकको चौथो शिखर सम्मेलन अनिश्चित भएको छ । शुक्रबार सम्पन्न बिमस्टेकको १५औँ मन्त्रीस्तरीय बैठकले सम्मेलनको मिति तय गर्ने भनिए पनि त्यसबारे निर्णय हुन सकेन । नेपालमा संसदीय निर्वाचनपछि नयाँ मितिबारे कूटनीतिक च्यानलमार्फत कुराकानी गरेर टुंग्गाइने प्रस्ताव बैठकमा नेपालले राखेको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

‘नेपालमा संसद्को चुनाव सम्पन्न भइसकेपछि बिमस्टेकको चौथो सम्मेलनको मितिबारे सदस्य मुलुकबीच छलफल हुन्छ र मिति टुंगो लाग्छ,’ मन्त्रीस्तरीय बैठकपछि उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले पत्रकार सम्मेलनमा भने, ‘मन्त्रीस्तरीय बैठकले बिमस्टेकअन्तर्गत हासिल भएका उपलब्धि, हालको अवस्था तथा आगामी दिनमा गर्ने कार्यहरूको प्रतिबद्धतासहितको संयुक्त वक्तव्य पारित गरेको छ ।’ बिमस्टेकमा नेपाल, बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड छन् । नेपाल बिमस्टेकको सदस्य मुलुक हो ।

मन्त्री महराका अनुसार बिमस्टेक सदस्य राष्ट्रहरूबीच खुला व्यापार प्रवद्र्धन गर्न उद्देश्यले तयार गरिएको बिमस्टेक खुला व्यापार सम्झौता यथाशीघ्र सम्पन्न गर्ने निर्णय भएको छ । यसैगरी बिमस्टेक ग्रिड इन्टरकनेक्सन स्थापना गर्ने सम्झौतामा यथाशीघ्र हस्ताक्षर गर्ने, प्रविधि हस्तान्तरण गर्नेसम्बन्धी सम्झौतालाई यथाशीघ्र अन्तिम रूप दिने निर्णय भएको छ ।

त्यस्तै, बिमस्टेक सदस्य राष्ट्रहरूबीच व्यापार सहजीकरण गर्ने, मोटर पारवहनलगायतका सम्झौतालाई यथाशीघ्र अन्तिम रूप दिने निर्णय पनि बैठकमा भएको छ । महराका अनुसार बैठकमा आतंकवाद तथा अपराध नियन्त्रणका लागि तयार गरिएका क्षेत्रीय अभिसन्धिमा हस्ताक्षर र अनुमोदन गर्ने सहमति भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.