काठमाडौँ, २६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहनुभएका भारतका विदेशमन्त्री सुष्मा स्वराजले आज शिष्टाचार भेटवार्ता गरेकी छिन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय हित र सहयोगका विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिए । सो अवसरमा उहाँहरुबीच आगामी भदौ ७ गतेदेखि हुने प्रधानमन्त्री देउवाको भारत भ्रमणका विषयमा समेत छलफल भएको थियो ।

परराष्ट्र सल्लाहकार डा भट्टराईका अनुुसार, “प्रधानमन्त्रीज्यूलाई भारतीय विदेशमन्त्रीले हामी तपाईंलाई भारतमा स्वागतका लागि प्रतीक्षारत छौँ, भ्रमण सफल पार्न दुवै देशले आवश्यक तयारी गरौँ ।” बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ९बिमस्टेक० को मन्त्रिस्तरीय बैठकमा भाग लिन भारतीय विदेशमन्त्री स्वराज बिहीबार नेपाल आएकी हुन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.