हुलाकी न्युज, सिरहा । सिरहाको औरही गाँउपालिकामा मंगलवार खेतमा पानी हाल्नेक्रममा करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ।
मृत्यु हुनेमा औरही गाउँपालिका ४ बस्ने अन्दाजी २१ वर्षिय रंजित यादब रहेको प्रहरी चौकी औरहीले जनाएको छ।बिहान ११ बजेतिर आफ्नै खेतमा पानी हाल्न भनि मोटर चलाउनेक्रममा यादवलाई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो।

घटनास्थलमा प्रहरी चौकी औरहीबाट टोली खटि गई कानूनी प्रकृय सम्पन्न गरी घटनाबारे थप अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.