हुलाकी न्युज जून १९, २०१७ मा सफलता साथ सम्पन्न भएको आधारभूत प्रामाणिक उडान पश्चात तिब्बतको ल्हासा स्थित तिब्बत एअरलाईन्सले अगष्ट ८, २०१७ ९२४श्रावण २०७४० बाट चेङदु ( काठमाण्डौंको लागीसिधानियमित उडान सँचालन गरेको छ ।

उक्त्त एअरलाईन्सको प्रारम्भिक उडान नँत्ख् ढडढढ चेङदु सुनाग्लीउ अन्तराष्ट्रिय विमानस्थल बाट स्थानिय समय अनुसार साँझ १८स्१६ मा प्रस्थान गरी काठमाण्डौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्थानिय समय अनुसार साँझ १९स्१५ मा अवतरण भयो । फर्कने उडान त्ख् ढढण्ण् काठमाण्डौं त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बाट स्थानिय समय अनुसार साँझ १९स्२५ मा प्रस्थानगरि चेङदुको विमानस्थलमा अर्को दिन बिहान ०० स्५० मा अवतरण हुने छ ।

शुरुमा साताका चार दिन, प्रत्येक सोमबार, मँगलबार, बिहिबार र शानिबार उडान गर्नेछ । तिब्बत एअरलाईन्सले यात्रुहरुको सुविधालाई ध्यानमा राख्दै ८ वटा विजनेश क्लास र १२० वटा इकोनोमी क्लास, जम्मा १२८ सिट भएको एअरबस ए(३१९ विमानबाट सेवा प्रदान गर्नेछ ।

तिब्बत एअरलाईन्सले नेपालमा यात्रुहरुको सिट आरक्षण गर्न र टिकट बेच्न तथा कार्गो ढुवानी गर्नको लागी हिमालय एअरलाईन्स प्रा. लिलाई आफ्नो आधिकारिक बिक्रेता नियुक्त गरेको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.