नेपालगन्ज,। पशुपक्षी विकास मन्त्री ले ठूला किसानलाई मात्र नभई सबैखाले किसानलाई लक्षित गरेर सरकारले कार्यक्रम सञ्चालन गर्ने बताएका छन्।
प्रेस सेन्टर बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने– “कनिका छरे जस्तो योजना होइन, दीर्घकालीन लाभ प्राप्त हुने योजना तथा कार्यक्रम आप्mनो मन्त्रालयले सञ्चालन गर्ने गृहकार्यमा लागेको छ ।”
मन्त्री थारुले बजेट र कार्यक्रमबीच तालमेल मिलाएर पशुपक्षीमा मुलुकलाई क्रमशः आत्मनिर्भर बनाइने र यसका लागि कृषिसँग सम्बन्धित सबै निकायबीच समन्वय स्थापित गरिने बताए ।
आधारभूत वर्गभित्र पर्ने कृषक, मुक्त कमैया, सिमान्तकृत समूहको आर्थिक उन्नतीबाट मात्र कृषि क्रान्तिलाई उचाईमा पु¥याउन सकिनेमा पनि उनले जोड दिए। रासस



