भक्तपुर, । साताव्यापी रुपमा मनाइने गाईजात्रा पर्व यहाँ आज साँझदेखि सुरु भएको छ । भक्तपुर, । साताव्यापी रुपमा मनाइने गाईजात्रा पर्व यहाँ आज साँझदेखि सुरु भएको छ ।
जनैपूर्णिमाका दिन अपराह्न तौमढीस्थित भैरव मन्दिरबाट गुठी कार्यालयको घिन्ताङघिसी नाच निकालेर भक्तपुर परिक्रमा गरिएपछि जात्रा सुरु भएको गुठी कार्यालय भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिP । तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीका अनुसार तलेजुको पूजा गरी साँझ गाईजात्रा निकालिएको हो । मुख्य रुपमा जनैपूर्णिमाको भोलिपल्ट दिवंगत व्यक्तिको सम्झनामा नेवार समुदायको घर घरबाट गाईजात्रा निकाल्ने परम्परा छ । अन्य दिनमा भने घिनताङ घिसीनाच र व्यङ्ग्य प्रस्तुत गरेर गाईजात्रा मनाइन्छ । साताव्यापी मनाइने जात्रामा घिनताङ घिसी, हनुमान, माकप्याख र जंगली नाच र व्यङ्ग्यचित्र प्रदर्शन गर्दै टोल टोल घुमाउने गरिन्छ । गाईजात्राको अन्तिम दिन श्रीकृष्ण जन्माष्टमीमा भैरव मन्दिरमा नेवारी पोशाक हाकुपटासी लगाएर लामबद्ध सयाँै महिलाले टोलटोल घुमेर बत्ती दिने परम्परा छ । सो दिन नारायणको पूजा गरी नारायण बत्ती बाली बालबालिका एवं युवाले टाउको, हात र शरीरमा पालाको बत्ती बालेर सूर्यमढीदेखि दत्तात्रय, सुकुलढोका, तौमढी, वंशगोपाल, इनाचो दरबार क्षेत्र हुँदै पुनःसूर्यमढी पुग्ने प्रचलन छ । टोलटोलबाट निकालिएका विभिन्न नाच नगर परिक्रमा गराई साँझ तलेजुको जात्रा गरेपछि गाईजात्रा सम्पन्न हुने गर्दछ ।
हिन्दू धर्मग्रन्थ ‘पद्मपुराण’मा यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने र मत्र्यलोक अर्थात् पृथ्वीलोकमा गाईजात्रा निकालिपछि यमलोकको ढोका खुल्ने एवं मृतात्माले यमलोक प्रवेश पाई मुक्ति पाउने उल्लेख गरिएको संस्कृतकर्मी रामशेखर श्रेष्ठले जानकारी दिP । गाईलाई नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । इतिहासविद् प्रा डा पुरुषोत्तमालोचन श्रेष्ठका अनुसार तत्कालीन राजा जयस्थिति मल्लका पालामा सम्पादित ‘गोपालराजवंशावली’मा यहाँको गाईजात्राबारे उल्लेख छ । यहाँको गाईजात्रा काठमाडौँको भन्दा पनि पुरानो रहेको बताइएको छ ।
घरघरबाट गाईजात्रा निकालिएपछि पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो भन्ने जनविश्वास छ । गाईजात्राको दिन नौ जोर लुगा लगाउनुपर्ने, नौ थरी खानेकुरा खानुपर्ने र नौ पटक टोल घुम्नुपर्ने परम्परा छ । यस दिन दिवंगत भएका आफन्तको सम्झनामा गाईजात्राका सहभागीलार्ई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।
भ्यागुतालाई भात
जनैपूर्णिमाका अवसरमा आज बिहानै किसानले खेतखेतमा भ्यागुताको पूजा गरी भात खुवाएका छन् । वर्षा गराउने दूत तथा प्राकृतिक देवताका रूपमा मानेर भ्यागुतालाई विभिन्न परिकारका भोजन खुवाउने चलन छ । भ्यागुतालाई भोजन गराउने यहाँको प्रचलनलाई स्थानीय नेवारी भाषामा ‘ब्यांचायत जा नकेगु’ भन्ने गरिन्छ ।
खेतमा कीरा मारेर अन्न उब्जाउन समेत सहयोग गर्ने प्राकृतिक देवताका रूपमा भ्यागुतालाई सिमीको पातमा खाद्य परिकार राखेर खेत खेतमा गई पूजा तथा भोजन गराउने परम्परा रहेको किसानहरु बताउँछन् । रोपाइँका समयमा र वर्षात् सुरु हुनुभन्दा पहिले खेतमा काम गर्दा कोदालीबाट मरेका कीरा फट्याङ्ग्रा र भ्यागुतालाई मारेको पापमोचन गर्नका लागि आजका दिन भ्यागुतालाई पूजा र भोजन गराउने प्रचलन रहेको संस्कृतिकर्मी ओम धौभडेल बताउ5Fg\। त्यसैगरी मध्यपुरथिमि नगरपालिका वडा नं ७ नगदेदस्थित सानो गोसाइँकुण्डका रुपमा मानिने शिलु महादेव अर्थात् विशन्तीको शिलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । गोसाइँकुण्डको जल प्रवाह हुने मान्यता रहेको यस मन्दिरमा दिनभर मेला लागेको छ ।
महादेव पोखरी र कालदहमा भीड
जनैपूर्णिमाका अवसरमा औद्योगिक क्षेत्रस्थित प्राचीन धल्चा पुखुः (कालदह) र नगरकोटस्थित महादेव पोखरीमा बिहानैदेखि स्नान गर्ने श्रद्धालु भक्तजनको घुइँचो लागेकोc छ । नगरकोटको महादेव पोखरीलाई गोसाइँकुण्डको प्रतीक मानिन्छ । नगरकोटमा विशेषगरी तामाङ बस्ती भएकाले महादेव पोखरीमा स्थानीय तामाङ झाँक्रीको विशेष मेला लाग्छ । तामाङ झाँक्रीहरु परम्परागत वेशभूषा सजिएर डम्फु बजाउँदै नाच्दै पोखरीमा स्नान गर्न आउने गर्छन् । समूह समूहमा आउने त्यस्ता लामा गुरुको नाचले मेलालाई आकर्षित बनाउँछ । आजको दिन कुण्डमा स्नान गरी महादेवको दर्शन गरेमा गुरुको मन्त्र सिद्ध हुने विश्वास छ ।
महादेव पोखरीमा स्नान गरी महादेवको दर्शन गर्न साँखु, बनेपा, काठमाडाँै, ललितपुर र भक्तपुरका भक्तजनको घुइँचो लागेको छ । पौराणिक कथनानुसार महादेवले कालकूट विष सेवन गरेपछि छटपटिएर गोसाइँकुण्डतर्फ जाने क्रममा नगरकोटमा बास बसेको विश्वासमा आजको दिन सो कुण्डमा मेला लाग्ने गरेको बताइन्छ । गोसाइँकुण्ड जान नसक्नेले सो कुण्डमा स्नान गरे पनि गोसाइँकुण्डमा स्नान गरेसरह पुण्य प्राप्त हुने जनविश्वास छ ।
त्यसैगरी औद्योगिक क्षेत्रभित्र रहेको प्राचीन धल्चा पुखुःलाई पनि गोसाइँकुण्डको प्रतीक मानेर स्नान गर्ने प्रचलन छ । सो कुण्डमा स्नान गरी भक्तपुर दरबारस्क्वायरस्थित शिलु महादेव (फसी देगः) को दर्शन गरे गोसाइँकुण्ड गएसरह पुण्य प्राप्त हुने जनविश्वास छ । कालदहमा स्नान गरी दहको बीच भागमा रहेको महादेवको पूजार्चना गरे सुख, शान्ति र पुण्य प्राप्ति हुन्छ भन्ने धार्मिक मान्यता छ । कालदहमा स्नानपछि जनै फेर्ने र हातमा डोरो बाँधिन्छ ।



