हुलाकी न्युज काठमाडौं। कमल थापा नेतृत्वको राप्रपाबाट अलग भएर नयाँ पार्टी घोषणापछि दुवै पक्षले आन्तरिक रणनीति बनाउन बैठक बोलाएका छन् ।

आइतबार साँझ थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेता पशुपति शम्शेर राणा समुहले अलग्गै राप्रपा ९प्रजातान्त्रिक० पार्टी गठन गरेपछि थापा र राणा समहुको छुट्टाछुट्टै बैठक बस्न लागेको हो । थापा समहुले पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा बैठक बोलाएको हो भने राणा समुहले चावहिलस्थित पुरानो राप्रपा कार्यलयमा बोलाएको छ ।

यता राणा समुहको चावहिलस्थित पुर्व राप्रपाको कार्यलयमा बस्ने बैठकमा पार्टीले लिने नीति र कार्यसमिति गठनबारे छलफल हुने छ । छुटटै पार्टी गठन गरेपछिका भावी योजनाबारे छलफल गर्न बैठक बोलाएको बताइएको छ । बैठकपछि आजै दिउसो राणा नेतृत्वको राप्रपा ९प्रजातान्त्रिक०ले पत्रकार सम्मेलन गरेर आफ्ना धारणा सार्वजनिक गर्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.