नवलपरासी, । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकको विकासमा सबै एकजुट भई अघि बढ्नुपर्ने विचार व्यक्त गरेका छन्।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट विजयी निर्वाचित जनप्रतिनिधिलाई नवलपरासीको देवचुली नगरपालिकामा आइतबार आयोजित सम्मान तथा समीक्षा कार्यक्रममा महामन्त्री कोइरालाले सो कुरा बताएका हुन् ।

सोही अवसरमा उहाँले स्थानीय तहको बाँकी २ नं प्रदेशको निर्वाचनबाट नेपाली काँग्रेस पहिलो पार्टी बनेर मुलुकको विकासलाई अगाडि बढाउने उल्लेख गरे ।
महामन्त्री कोइरालाले अब स्वदेशमै रोजगारीको सिर्जना गरी लाखौँ युवालाई रोजगारी प्रदान गर्ने योजना बनाउन लागेको बताएका हुन्।

कार्यक्रममा डा कोइरालाले जनप्रतिनिधिले योजना बनाउँदा किसानको परिवारलाई मध्यनजर गरेर योजना बनाउनुपर्नेमा पनि जोड दिनुभयो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.