हुलाकी न्युज, वीरगंज
| वीरगंजको ट्राफिक व्यवस्था चुस्त बनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगंजले सबै जेव्रा क्रसिङमा डिभाइडर अभियान थालेको छ ।

वीरगंज नगरको मुख्य सडकमा जेव्रा क्रसिंङ बनाउने, सडकमा लेन छुट्याउन सेतो पेन्ट लगाउने लगायतका कार्य सम्पन्न गरिसकेको छ । एउटै सडकमा रिक्सा, साइकल, टेम्पो, टाँगा, मोटरसाइकल र ठुला सवारी साधन समेत चल्ने र भएको सडक भए पनि साँघुरो हुँदा बढी ट्राफिक समस्या देखिएकाले त्यसलाई व्यवस्थित गर्न लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगंजका प्रमुख प्रहरी निरिक्षक रविन्द्र भट्टले जानकारी दिनुभयो ।

टेम्पो, टाँगाले बाइपास सडक प्रयोग गर्नु पर्ने, कार्यालय समयमा ट्रक, ट्रिपर जस्ता ठुला सवारी साधनलाई पनि मुख्य सडक प्रवेसमा रोक लगाउनुका साथै अन्य सवारी साधनले समेत सडक लेन पालना गरेर हिड्न आग्रह गर्नुभयो । रजत जयन्ती चोक देखि परवानिपुर सम्म बनाइएका जेव्रा क्रसिङमा अहिले धमाधम डिभाइडर हाल्ने काम भइरहेको छ । पैदल यात्रीले समेत बाटो काट्दा जेव्रा क्रसिंङ प्रयोग गरुन भनेर यस्तो गरिएको ट्राफिक प्रमुख भट्टले बताउनुभयो । वीरगंजमा अधिकांस बटुवाले जथाभावि बाटो काट्ने गर्दा ट्राफिक समस्या उत्पन्न हुने गरेको र दुर्घटना समेत हुने गरेको उहाँले बताउनुभयो । जेव्रा क्रसिङमै सवारी पार्किङ गर्ने गर्दा पैदल यात्रीलाई समस्या भएको गुनासो आए पछि जेव्रा क्रसिङ बनाइएका स्थानमा “पार्किङ नगरिदिनु होला” भन्ने व्यहोराको डिभाइडर राख्न थालिएको ट्राफिक प्रमुख भट्टले बताउनुभयो ।

सवै स्थानमा डिभाइडर राखिसके पछि जथाभावि बाटो काट्ने काम बन्द गराउन कडा कदम चालिने पनि उहाँले बताउनुभयो । जथाभावि बाटो काट्न नहुने सन्दर्भमा पहिलो चरणमा जनचेतनात्मक कार्यक्रम गर्ने र विस्तारै त्यसलाई कडाइ गर्दै लैजाने भट्टले बताउनुभयो । नगरको ट्राफिक व्यवस्थापन र दुर्घटनालाई कम गर्न यो अभियानले थोरै भए पनि मद्धत मिल्ने वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाइले विश्वास व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.