हुलाकी न्यूज, साउदी । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) साउदीले विदाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न उक्त कार्यक्रममा विदेशमा रहेर मधेशका लागि योगदान दिनेहरुलाई विशेष सम्मान गरिएको छ ।

साथै कार्यक्रममा मधेशका विभिन्न विषयमाथि चर्चासमेत भएको छ । त्यस्तै, आभा खमिस ग्रुपका पाँच सदस्य टोली मधेश फर्केको अवसरमा उनीहरुलाई विधाईसमेत गरिएको एनआरएमएले जनाएको छ ।

एनआरएमए साउदीका संयोजक निर्मल कुमार मण्डलले विदेशमा रहेर मधेशका लागि धेरै काम गर्न सकिने बताएका छन् । उनले मधेशका लागि विशेष योगदान पुर्याउनेहरुलाई एनआरएमएले सम्मान गर्नुका साथै मधेशी जनताले पनि सम्मान दिने बताए ।

कार्यक्रममा एनएआरएमका क्षेत्रीय समिति संयोजक रामशरण कापरले स्वागत मन्तव्य दिएका थिए भने रामेश्वर रामले कार्यक्रमको सुरुवात गरेका थिए । कार्यक्रममा क्षेत्रीय समितिका सदस्यहरु श्रवण कुमार महतो, रामेश्वर राम, मो जमसेद मनसुर, उमेश मण्डल र बिनोद मुखियालगायत का सदस्यहरुलाई सम्मान गरिएको छ ।

कार्यक्रममा लक्ष्मण यादब, मिस्टर मण्डल, बम सिंह, अनिल मण्डल लगायतकाहरुले मधेशका विभिन्न पक्षमाथि विचार व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.