
हुलाकी न्युज, काठमाडौं – निजी क्षेत्रको सफल बैकका रुपमा स्थापित एनआईसी एशिया बैंक आफ्नो स्थापनाको १९ औं बर्ष पार गरि २० औं बर्षमा प्रवेश गरेको छ ।
पूर्वी नगर विराटनगरमा २०५४ साउन ५ गते क्षेत्रिय बैंकका रुपमा ‘नेपाल ईण्डष्ट्रियल एण्ड कर्मसियल’ बैंकका नाममा यो बैंकले आफ्नो बैंकिङ यात्रा सुरु गरेको हो ।
‘बैंक पनि साथि पनि’ भन्ने मूल मन्त्रका साथ अघि बढिरहेको बैंकले नेपालको ग्रामीण तथा दुर्गम क्षेत्रहरुमा समेत आˆनो सशक्त पहँुच अभिवृद्धि गर्दै हालसम्म ११९ वटा शाखा कार्यालयहरु, ४ विस्तारित काउण्टरहरु, ७० एटीएम तथा ४ हजार रेमिट्यान्स काउण्टरहरु लगायतको सञ्जाल मार्फत आफ्ना सेवाहरु प्रदान गरिरहेको छ ।
सर्वसाधारणको वित्तीय पहुँचलाई थप सशक्तिकरण गर्दै नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको नीति बमोजिम प्रत्येक भौगोलिक क्षेत्रमा बैंकिङ्ग पहुँच अभिवृद्धी गर्ने अभिप्रायले बैंकले चालु आर्थिक वर्षभित्र शाखा संख्या २०० भन्दा बढी, एटीएम संख्या ४०० भन्दा बढी, शाखा रहित बैंकिङ्ग सेवा २०० भन्दा बढी, पीओएस संख्या २ हजारभन्दा बढी तथा रेमिट्यान्स पे-आउट एजेन्ट १० हजार भन्दा बढी कायम गर्ने जनाएको छ ।
बैंकले आफ्नो व्यवसाय विविधीकरण गर्ने उद्देश्यले बचत खाता, खुद्राकर्जा तथा साना-मझौला व्यवसायिक कर्जा विस्तारमा विषेश रणनीति लिएको छ । फलस्वरुप गत आर्थिक वर्षमा ति क्षेत्रहरुमा उत्साहजनक नतिजाहरु हासिल गरेको छ । प्रविधिको अधिकतम प्रयोग मार्फत ग्राहकहरुलाई छिटो छरितो तथा सहज सेवा प्रदान गर्ने कार्यमा बैंक अग्र पंक्तिमा रहेको छ ।
यसै क्रममा इन्टरनेटको माध्यमबाट कर्जा योग्यता हेर्न मिल्ने तथा कर्जा स्वीकृतीको प्रक्रियाबारे जानकारी लिन सकिने सुविधा नेपालमा नै पहिलो पटक यस बैंकले उपलब्ध गराइसकेको छ ।
विद्युतीय बैंकिङलाई अझै शसक्त तथा प्रभावकारी रुपमा अघि बढाउँदै आफ्ना ग्राहकहरुलाई नविनतम् सुविधाहरु प्रदान गर्न बैंक कटिबद्ध रहेको बैंकले जनाएको छ ।
यसै क्रममा पूर्णतया अनलाइन एसबीए प्रणालीमार्फत शेयर आवेदन, पूर्णतया अनलाइन खाता खोल्न सकिने सुविधा तथा छिटो छरितो कर्जा स्वीकृतीको लागि स्कार कार्ड मोडल लागु गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको छ ।
सेवाको बिसौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा निक्षेप तथा कर्जा तर्फ विशेष सेवाहरु चाँडै नै ग्राहकवर्ग समक्ष ल्याउने तयारी समेत भैरहेको बैंकले जनाएको छ ।
संंस्थागत सामाजिक उत्तरदायित्व तर्फ बैंकको लक्षित क्षेत्रहरु वातावरण, स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता एवम् वित्तीय समावेशी करण र खेलकुद क्षेत्रमा आफ्नो योगदान अझै शसक्त बनाउन बैंक कटिबद्ध रहेको बैंकको भनाइ छ ।



